दफा २७
उजूरी गर्न सक्ने
: (१) दफा २६ बमोजिम सजाय हुने कार्य कसैबाट भए गरेको थाहा पाउने व्यक्तिले त्यस्तो कार्य भए गरेको मितिले पैतीस दिनभित्र समितिसमक्ष उजूरी दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन विपरीत भए गरेका काम कारबाहीका सम्बन्धमा समितिमा उजूरी नपरेपनि त्यस्तो कार्य भए गरेको विषयमा समितिलाई कुनै श्रोतबाट जानकारी हुन आएमा समितिले सो विषयमा छानविन गरी दफा २६
बमोजिम सजाय गर्न सक्नेछ ।